आज सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाण्डौं । आज सुनचाँदीको भाउ सामान्य घटेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ एक लाख ११ हजार तीन सय रुपैयामा काराबार भएको थियो भने आज एक सय रुपैयाले घटेर एक लाख ११ हजार दुई सय रुपैयामा काराबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज सामान्य घटेको छ । हिजो एक हजार तीन सय ८० मा कारोबार भएको चाँदी आज ५ रुपैयाले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।