
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत काठमान्डु गोर्खाजले पहिलो जित निकालेको छ । काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले हराएको हो । कर्णालीको यो पहिलो हार हो ।

१८१ रनको लक्ष्य काठमान्डुले १९.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको कर्णालीले २० ओभरमा ६ विकेटको क्षतिमा १८० रन जोड्यो ।