सुनको भाउ बढ्यो, चाँदी स्थिर

काठमाण्डौ । सुनको भाउ बढेको छ, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।

हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार चार सय रुपैयाँ भएको छ ।

चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउमा कुनै घटबढ भएको छैन ।