रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

काठमाण्डौ । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।