भोलिदेखि मौसममा क्रमिक सुधार

काठमाडौं । भोलिदेखि मौसममा क्रमिक सुधार हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलिदेखि सुधार हुने अनुमान गरिएको छ ।

अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु लागेको छ ।