

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा नेपालले १९९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने क्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोड्यो ।
नेपालकालागि गुल्सन झाले ४६ र कुशल मल्लले ३४ रन, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ रन, सन्दीप जोराले २१ रन, आसिफ शेख ११ रन र अनिल शाह १२ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।
आयरल्यान्ड ए का म्याथ्यु फस्टरले ३ र बेन ह्वाइटले २ विकेट लिए । फिन ह्यान्ड र गेभिन होईले एक÷एक विकेट लिए ।

खबर बजार । १३ चैत्र २०८०, मंगलवार १४:५०