

काठमाडौं । वर्षाको कारण नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी–२० अभ्यास खेल रद्द भएको छ ।
बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो ।
दुवै टोलीका खेलाडी मैदान नै आएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले पुनः तालिका सार्ने जनाएको छ ।
टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ ।

खबर बजार । १५ चैत्र २०८०, बिहीबार १२:३०