भारत भ्रमणमा रहेको नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ ः

रोहित पौडेल (कप्तान)ः आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।