

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटमा कतारसँग नेपालले पहिले ब्याटिङ गर्दैछ । ओमानको अल अमिरातमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
हिजो शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हरायो ।
त्यस्तै प्रतियोगितामा ओमान, यूएई र हङकङले पनि विजयी शुरुवात गरेका छन् । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

खबर बजार । १ बैशाख २०८१, शनिबार १६:१८