
जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा – ६ मा आज भुकम्प प्रभावित ७०० भन्दा बढी परिवारका लागि १३०० भन्दा बढी सेट हरुमा राहत वितरण गरिएको छ ।
प्लान इन्टरनेसनलको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले वडा कार्यालय संग सहकार्य गरेर वितरण गरेको हो । वितरण आज र भोलि सम्म चल्नेछ ।
आज वडा अध्यक्ष वीरेन्द्र खड्काको अध्यक्षतामा नलगाड नगरपालिका वडा न ६ ले एक औपचारिक कार्यक्रम गरि वितरण सुरु गरेको हो । कार्यक्रममा प्लान इन्टरनेसनलको तर्फ बाट रमेश धिमिरे, स्याक नेपालको कार्यसमिति सदस्य अकबर खान, कार्यपालिका सदस्य कुमारी बिक लगाएत को उपस्थिति रहेको थियो ।
दुई वटा बिधालय श्री वीरेन्द्र प्रा. बि. का ७८ जना र श्री कालिका आधारभूत बिद्यालय का १२६ जना बालबालिकाहरुका लागि करिब ३५०० बराबर को बिधालय कीट अभिभावक मार्फत वितरण गरियो ।
त्यसैगरि घर परिवारका लागि सरसफाई लगाएतका अतिआवश्यक सामान ३२४७ रुपैया बराबरको १०० परिवार लाई वितरण गरियो ।
गर्वबति तथा सुत्केरीहरुका लागि पोषण युत्त पौस्टिक आहार सहितको ३११० रुपया बराबरको २५० जनालाई वितरण गरेको छ ।
त्यसै गरि जेष्ठ नागरिक तथा परिवारका लागि बलान्केट, सुईटर, टोपी र अन्ने लत्ताकपडा सहित ९५८२ रुपया बराबरको २५० घरपरिवार वितरण गरेको छ ।
भुकम्पले क्षेती भएका घर उत्खनन तथा पुनर्निर्माण मा प्रयोग हुने बेल्चा, सब्बल, आरा, हतौडा, पिलास लगाएतका सामाग्री सहितको २६०० बराबरको २५० सिकर्मी डकर्मी हरुका लागि वितरण गरिएको स्याक नेपालका जाजरकोट कार्यक्रम संयोजक रेशम चन्दले जानकारी दिनु भयो ।
महिला तथा किशोरी हरुका लागि सरसफाइ लगाएत अतिआवश्यक ३८८१ रुपया बराबरको १०० जना लाई भोलि वितरण गरिने चन्द ले जानकारी दिनु भयो ।
जाजरकोट तथा रुकुमपश्चिम का विभिन्न पालिकाहरुमा यसरी नै वितरण गरिने स्याक नेपालका कार्यसमिति अकबर खान ले बताउनु भयो ।
२०८० कार्तिक १७ गतेको भुकम्पले जाजरकोट र रुकुमपश्चिम मा १५७ भन्दा बढिको मृत्यु भएको थियो भने हजारौंको संख्यामा प्रभावित भएका थिए ।
जाजरकोट र रुकुमपश्चिममा बिगत देखिनै प्लान इन्टरनेसनल संग को साझेदारीमा स्याक नेपाल राहत तथा पुन निर्माणको काममा काम गरिरहेको स्याक नेपाल का कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनु भयो ।
यस अघि विभिन्न ठाउँमा अस्थायी सिकाई केन्द्र, सामुदायिक खानेपानी, जिबिकोपार्जनमा पनि काम गरिरहेको आचार्य बताउनु हुन्छ ।

खबर बजार । ३ जेष्ठ २०८१, बिहीबार १०:०५