मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक ३० , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

१ मिनेट पढाइ
०साझा

खबर बजार
kuse inside

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। प्रहरीले बिहीबार दिउँसो साढे १ बजेको समयमा वीरेन्द्रनगर–७ गुरुङचोकबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा दैलेख नौमुले गाँउपालिका–२ जीवनकुमार सिंह र उनको श्रीमती बिमला बुढाक्षेत्री रहेका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको सयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो। वीरेन्द्रनगर नगरपालिका–७ मा कोठा भाडामा बस्दै आएका उनिहरुलाई पक्राउको लागि प्रहरी कोठामै पुगेको थियो।

Dailekhi urja

बिमला बसिरहेको अवस्थामा चेक जाँच गर्दा उनको साथबाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ १ पोका प्रहरीले फेला पारी नियन्त्रणमा लगिएको प्रहरीको भनाई रहेको छ।

nepalgunj