मकवानपुरमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाण्डौं । मकवानपुरको बकैया गाउँपालिका–१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका–६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका–१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कारका चालक बाराको निजगढ नगरपालिका–६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।