
काठमाण्डौ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको हो ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । आज एक करोड २२ लाख कित्ता शेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

खबर बजार । ६ जेष्ठ २०८१, आईतवार १७:४६