काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।
महाअभियोगका प्रस्ताव एवं नेकपा (माओवादी) का प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
राणाविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिसभाको अर्को बैठकदेखि छलफल हुने भएको छ । सभामुखले अर्को बैठक चैत २ गते तोक्नुभएको छ ।
शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराउनुभएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने यसअघि झैं आजको बैठकमा पनि अवरोधलाई निरन्तरता दिएको छ ।
खबर बजार । २९ फाल्गुन २०७८, आईतवार १७:५७