द्वन्द्व पिडितको सवालमा चिङ्गाड गाउँपालिकाले कार्यविधी निर्माण गरिसकेको छः अध्यक्ष जिसी


सुर्खेत । द्वन्द्व पीडितको सवालमा चिङ्गाड गाउँपालिकाले कार्यविधी निर्माण गरी अगाडी बढेको चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोध विक्रम जिसिले बताउनु भएको छ । द्वन्द्व पीडितको नाममा स्मृति ,स्मारिका निर्माण जस्ता कार्यलाई पनि अगाडी बढाउन जोड दिनुभएको छ । शुक्रबार सहकर्मि समाजको आयोजनामा भएको द्वन्द्व पीडित संग सम्वन्धीत कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
चिङ्गाड गाउपालिका द्वन्द्व पीडितको पक्षमा जहिले पनि सकारात्मक सहजीकरणका लागी अग्रपंक्तिमा उभिने अध्यक्ष जिसिले बताउनु भएको छ । त्यसैगरी चिङ्गाड सहकर्मी समाजलाइ फिल्डमै गएर नतिजामुलक काम गर्न सुझाव समेत अध्यक्ष जिसिले सुझाव दिनुभयो । कार्यक्रमा सहकर्मि समाजका कार्यकारी निर्देशक अम्मर बहादुर ऐर, संस्थाका अध्यक्ष तुल सहकारी, चिङ्गाड संजालका अध्यक्ष कर्णृ बहादुर थापा लगाएत संस्थाका प्रतिनिधी र संजालका प्रतिनिधीहरुको सहभागिता रहको छ ।