काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।बुधवार राष्ट्रियसभा बैठक शुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रीतम सिंहको पुस्तक विमोचन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएको हो । उहाँले आफूहरूको माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राख्नुभयो ।
प्रधानमन्त्रीले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले आफ्नो पार्टीलाई स्वीकार्य नहुने नेता दाहालले बताउनुभयो ।
नेता दाहालले प्रधानमन्त्रीले आफू आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताउनुभयो ।
खबर बजार । २० असार २०८०, बुधबार १६:१४