मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सामान्य अङ्कले बढ्यो शेयर बजार

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाण्डौ । केही दिन यता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

Dailekhi urja

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

nepalgunj