
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ ।
यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् ।
महासंघको निर्वाचन यहि चैत्र ३० गते हुनेछ । महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।




खबर बजार । ९ चैत्र २०८२, सोमबार १७:५१