
दैलेख । गुराँस गाउँसभाको १६औँ अधिवेशन (बजेट) अन्त्य भएको छ । असार १० गतेदेखि शुरू भएको अधिवेशन असार ३० गते अन्त्य भएको हो ।
गुराँस गाउँ सभाबाट गुराँस गाउँपालिका सरकारको आर्थिक वर्ष २०८२/०८३ को लागि तय गरिएको नीति तथा कार्यक्रम र ७३ करोड ११ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

असार १० गते गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले पेश गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष शिवाकुमारी खड्काले पेश गरेको बजेट सर्वसम्मत् पारित भएको हो ।
साथै, गाउँपालिका सरकारले पेश गरेका केही कानुन समेत गाउँ सभाबाट पारित भएको गाउँपालिकाका प्रवक्ता दीपेन्द्र ओलीले जानकारी दिनुभयो ।


१६औँ अधिवेशनअन्तर्गत तीन वटा बैठक बसेका छन् । अधिवेशनको पहिलो बैठकलाई कर्णाली प्रदेश सभा सदस्य पूर्णबहादुर खत्री र दोस्रो बैठकलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले विशेष सम्बोधनसमेत गर्नुभएको थियो ।




खबर बजार । ३१ असार २०८२, मंगलवार ११:२२