‘टिकटमा महिलालाई प्राथमिकता देऊ’

सुर्खेत । प्रतिनिधि सभाका निवर्तमान महिला सांसदहरूले पाँच वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । पाँच वर्षसम्म सांसद बनेर निखारिएकाले अब प्रत्यक्षमा चुनाव लड्न आफुहरु तयार भएको उनीहरुले बताएका हुन् ।
पाँच वर्षे कार्यकालको अनुुभव सुनाउँदै कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सांसद लक्ष्मी चौधरीले पाँचवर्षे कार्यकालमा आफूहरुले धेरै ज्ञान प्राप्त गरेको बताउनु भयो । ‘संसद विघठन, कोभिड महामारी जस्ता समस्याका कारण योजनाअनुसार काम गर्न सकेनौं, तर केहि पनि नभएको होइन’, उहांले भन्नु भयो, ‘पाँच वर्षे कार्यकालमा महिला कति सक्षम छन् भन्ने कुराको महसुश गरियो, पुरुषभन्दा महिला सांसद कमजोर छैनन् ।’
सांसद चौधरीले महिलाले सक्दैनन् भन्ने सोच र निर्वाचनमा चाहिने खर्चका लागी पैसाको जोहो महिलाबाट हुदैन भन्ने सोचले महिलालाई अघि बढ्न कठिनाई हुने गरेको गुनासो गर्नु भयो । ‘राजनीति गर्नका लागि पारिवारिक सहयोग अनिवार्य छ’ उहांले भन्नुभयो, ‘परिवारका सदस्य राजनीतिमा नहुँदा एक्लै राजनीतिमा आउँदा समस्या हुने रहेछ, सबैभन्दा पहिला त पैसाकै कुरा आउँछ ।’ सांसद चौधरीले जनसंख्याको हिसाबले अब राजनीतिमा ५० प्रतिशत र प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला आउनुपर्ने बताउनु भयो । आफुहरु प्रत्यक्षका लागी तयार भएको उहांको भनाई छ ।
यस्तै, निवर्तमान प्रतिनिधिसभा सांसद पार्वती विशुुङ्खेले रानीतिमा संख्याभन्दा पनि क्षमतामा भएका आउनुपर्ने बताउनु भयो । आर्थिक रुपमा महिला सशक्त हुदैनन्, उनिहरुको भोट कम आउछ भन्ने मानसिकताले गर्दा महिलाको आत्मबल घटाउने काम हुने गरेको उहांको भनाई छ । पार्टिले अब महिला र युवाको अस्तित्व स्वीकार गर्नुपर्नेमा उहांको भनाइ छ । ‘नेता र समाजले युवाको कुरा लागू गर्दैनन्, युवाले युवाको र महिलाले महिलाको सवालमा वकालत गर्ने काम गर्छ नी’, उहांले भन्नुभयो, ‘अब पार्टिले युवा र महिलालाई सदस्यता दिन जरुरी छ ।’
तेस्तै, दाङबाट निर्वाचित निर्वतमान सांसद विमला नेपाली आफूहरूले अधिकारको लडाइँमा पार्टीभित्र अन्तरसंघर्ष गर्नुपरेको बताउनु भयो । महिला र त्यसमा पनि समानुपातिक सांसदलाई हेर्ने दृष्टिकोण फरक रहेको उहांको अनुुभव छ । उहां भन्नु हुन्छ, ‘हामी महिला जनजाती र दलितलाई कोटा पुुर्‍याउनका लागि मात्र पद दिएका ेजस्तो भइरहेको छ ।’
कर्णाली फाउण्डेशनले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको महिला सहभागिता सम्बन्धि अन्र्तक्रिया कार्यक्रममा निर्वतमान सासंदहरुले यस्तो धारणा व्यक्ति गर्नु भएको हो ।