

सुर्खेत । कर्णाली प्रदेशका नौ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाउन शुरू भएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोर्डना खोपको पहिलो मात्रा दिन थालिएको हो । सुर्खेतमा भने बालबालिकालाई ‘फाइजर’ नामक खोपको पहिलो मात्रा दिइएको छ ।
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको छ । मोर्डना खोपको पहिलो मात्रा आजदेखि यही पुस १४ गते र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाइने छ ।
कोरोनाविरुद्धको यो खोप ९४ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका नौ जिल्लाका एक लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताउनुभयो ।

खबर बजार । ५ पुष २०७८, सोमबार ०३:००