
काठमाडौं । काठमडाैंकाे विभिन्न क्षेत्रका सुकुम्वासी बस्तीका प्रतिनिधिहरू बस्तीमा डोजर नचलाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन् ।

बस्ती विकास र व्यवस्थापनका नाममा सरकारले डोजर चलाउने तयारी गरिरहेको भन्दै उनीहरू त्रसित छन् ।
सुकुम्वासीहरूले रास्वपाका नेताहरूसँग भेट गरी आफूहरूको बासस्थानको ग्यारेन्टी नभएसम्म डोजर नचलाउन पहल गरिदिन आग्रह गरेका छन् ।
रास्वपाका नेताहरूले पार्टीले सुकुम्वासी समस्यालाई नजिकबाट हेरिरहेको र संसदमा पनि यसबारे आवाज उठाउने आश्वासन दिएका छन् ।
सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउने प्रयास गर्दै आएको छ । जसका कारण सुकुम्वासीहरू विभिन्न राजनीतिक दल र निकायको ढोका ढकढकाइरहेका छन् । रास्वपा अहिले बहुमतका साथ सरकारको नेतृत्वमा छ ।




खबर बजार । ११ बैशाख २०८३, शुक्रबार १७:१४