कांग्रेसको मुखपत्र नेपाल पुकारको पुन: प्रकाशन सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ । त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको छ ।

पार्टी मुख्यालय सानेपामा कार्यक्रम गरी नेपाल पुकार पुन: बजारमा ल्याइएको छ ।

पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको अगुवाइमा नेपाल पुकार पुन: प्रकाशन थालिएको हो । पुन: प्रकाशित नेपाल पुकारको नयाँ अंकको सामग्रीमा गत २४ भदौदेखि ३ असोजसम्म कांग्रेसले गरेको बीपी साहित्य महोत्सवलाई प्राथमिकतामा राखिएको छ ।

प्रचार विभागले निकालेको पत्रिकामा सम्पादक मण्डलमा गोपाल झा, इन्द्र रिजाल, लिला दाहाल, दीपेन्द्र वान्तवालगायत छन् ।

साढे पाँच दशक भन्दा बढी मुखपत्रका रुपमा प्रकाशित नेपाल पुकारलाई कांग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो ।