
जुम्ला । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
कर्णाली राजमार्गअन्तर्गत तातोपानी गाउँपालिका- ३ लाछुगाउँ नजिकै मंगलबार भे १ ट ८९३५ नम्बरको ट्याक्टर साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार दुर्घटनामा तिला गाउँपालिका–४ का खवेन्द्र शाहीको मृत्यु भएको छ । यस्तै, सोही ठाउँका देउमनी सार्की गम्भीर घाइते हुनुभएको छ ।
ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।




खबर बजार । २ असार २०८३, मंगलवार २०:०९