f बाढी प्रभावितको राहतको लागि गुराँस गाउँपालिकाद्वारा दुई लाखभन्दा धेरै सहयोगको घोषणा
बजारभित्र

बाढी प्रभावितको राहतको लागि गुराँस गाउँपालिकाद्वारा दुई लाखभन्दा धेरै सहयोगको घोषणा

दैलेख । गुराँस गाउँपालिका, दैलेखले हिमताल विष्फोट भई भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढी प्रभावितहरुको राहतका लागि दुई लाख भन्दा धेरै सहयोग गर्ने भएको छ ।

गुराँस गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयबाट जारी विज्ञप्तिअनुसार पालिकाको विपद् कोषमा जम्मा गरि राखिएको रकमबाट दुई लाख रुपैयाँ नेपाल सरकारको दैवीप्रकोप उद्दार कोषमा जम्मा गरिने भएको हो ।

बाढीले क्षति गरिरहेकै समयमा बसेको गाउँपालिका सरकारको कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार सहयोग गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

गाउँपालिका सरकारका प्रवक्ता दीपेन्द्र ओलीकाअनुसार पालिका अध्यक्ष टोपबहादुर बिसीको अध्यक्षतामा बसेको बैठकले सबै कर्मचारी र जनप्रतिनिधिको तीन/तीन दिनको पारिश्रमिक र सेवासुविधा समेत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।