f स्थगित भएका परीक्षा पुनः सञ्चालन हुने (परीक्षा तालिका सहित)
बजारभित्र

स्थगित भएका परीक्षा पुनः सञ्चालन हुने (परीक्षा तालिका सहित)

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले बाढीका कारण स्थगित गरिएका स्नातकोत्तर तहका परीक्षाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

कार्यालयद्वारा जारी सूचनाअनुसार भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण सिर्जित असहज परिस्थितिका कारण भदौ ११ गते प्रकाशित सूचनामार्फत ग्राजुएट स्कुलअन्तर्गतका स्नातकोत्तर तहका परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । तर, विजयादशमी अगावै तोकिएका सेमेस्टरहरूको सत्रान्त परीक्षा सम्पन्न गर्नुपर्ने भएकाले ती परीक्षाहरू पुनः सञ्चालन गरिने भएको हो ।

विश्वविद्यालयले ग्राजुएट स्कुलअन्तर्गत स्नातकोत्तर तहका सत्रान्त परीक्षाहरू पूर्वप्रकाशित परीक्षा तालिकाअनुसार नै सञ्चालन हुने जनाएको छ । साथै, ग्राजुएट स्कुल अफ म्यानेजमेन्टतर्फका स्नातकोत्तर तह, MICD तथा स्नातक तहका परीक्षाहरू पनि यसअघि प्रकाशित तालिकाअनुसार सञ्चालन हुने जानकारी दिएको छ ।

परीक्षा व्यवस्थापन कार्यालयले सम्बन्धित विद्यार्थी तथा सरोकारवालाहरूलाई निर्धारित तालिकाअनुसार परीक्षामा सहभागी हुन आग्रह गरेको छ । उक्त सूचना निमित्त परीक्षा व्यवस्थापन प्रमुख डा. ज्ञान प्रसाद पौडेलद्वारा जारी गरिएको हो ।

यसअघि बाढीका कारण स्थगित गरिएका परीक्षाहरू पुनः सञ्चालन गर्ने निर्णयसँगै परीक्षार्थीहरूमा अन्योलता हट्ने अपेक्षा गरिएको छ ।

हेर्नुहोस् परीक्षा तालिका: