काठमाडौं । बिरोध र अवरोधकै बीच सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभामा पेश गरेको छ ।
प्रतिनिधि सभा भित्र र बाहिर बिरोध चलिरहेको बेला सरकारको तर्फबाट सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गर्नुभएको हो ।
यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अघि बढाउने सहमति भएको थियो । सत्ताधारी गठबन्धनका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बीच सहमति भएको हो ।
प्रतिनिधि सभामा नेकपा एमालेले अवरोध जारी राखेको हो भने, अन्य साँसद्हरूले समेत बिरोध जनाएका छन् । बैठकमा एमालेका भीम रावल, माओवादी केन्द्रका देव गुरुङ र जनमोर्चाका दुर्गा पौडेलले एमसीसीको बिरोध गरेका छन् ।
प्रतिनिधि सभा बैठक फागुन १२ गते सम्मको लागि स्थगित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको छ ।
खबर बजार । ८ फाल्गुन २०७८, आईतवार १४:४४