
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गएकाे बुधवार भदाै १० गते आएको भीषण बाढीबारे प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । बाढीको आठौँ दिनमा आज बसेको प्रतिनिधिसभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । तस्बिरः गोपाल दाहाल/रासस
भोटेकोशी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गरेको छ ।
विशेष प्रस्ताव प्रस्तुत गर्नुअघि सभामुख डाेलप्रसाद (डीपी) अर्यालले विपद्पछिको खोज, उद्धार तथा राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आजकाे बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले भाेटेकाेशी बाढीबारे सम्बाेधन गर्नुभएकाे थियाे ।
यसअघि हिजो राष्ट्रियसभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो ।




खबर बजार । १७ भाद्र २०८३, बुधबार १६:३८