

काठमाडौं । पदाधिकारी चयनमा हानथाप बढेपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो र २ बजे पनि बस्न नसकी अब सोमबारलाई सारिएको हो ।
आउँदो स्थानीय तहको निर्वाचन र पदाधिकारी चयनको गृहकार्य नपुगेको भन्दै सोमबार बिहान ११ बजेका लागि बैठक सारिएको केन्द्रीय सदस्य प्रकाश पोखरेलले जानकारी दिनुभयो ।
उहाँकाअनुसार एमसीसी पारितको विषयमा पार्टीभित्र देखिएको मतभेद कसरी समाधान गर्ने विषयमा पार्टी अध्यक्षसहित नेताहरु छलफलमा जुटेका छन् ।
आउँदो निर्वाचनमा पार्टीलाई कसरी पहिलो बनाउने कार्ययोजनासहित सोमबार ११ बजे केन्द्रीय कमिटीको बैठक तोकिएको माओवादीले जनाएको छ । माओवादी केन्द्रको केन्द्री कमिटी बैठक शुक्रबारदेखि सुरु भएको हो ।

खबर बजार । २२ फाल्गुन २०७८, आईतवार १८:१३