मुसलमान समुदायमा जनसहभागितामूलक पहिलो उद्योग

कर्णाली मसला उद्योग उद्घाटन

सुर्खेत । अल्पसंख्यक समुदायअन्तर्गत पर्ने सुर्खेतको मुसलमान समुदायमा पहिलो पटक जनसहभागितामा आधारित उद्योग सञ्चालनमा आएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडानम्बर १० बेलघारी टोलमा रहेको एकमात्र सहकारी संस्था, मदिना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्णाली मसला उद्योग सञ्चालनमा ल्याएको हो ।

वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, युएनडिपी र समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतको सहयोगमा सञ्चालन भएको मसला उद्योगको उद्घाटन सहकारीको आठौँ वार्षिक साधारणसभासँगै गरिएको छ ।

सहकारीका अध्यक्ष अकबर खानकाअनुसार कर्णालीमा उत्पादित जडिबुढीलाई प्रयोगमा ल्याई तरकारी, चियालगायत खाद्य परिकारमा मिसाउने मसला उत्पादन गरिने छ । उद्योगमा तत्कालै १० जनाले प्रत्येक्ष रोजगार प्राप्त गर्ने र अप्रत्येक्ष रुपमा ३० जनाले रोजगार पाउने खानको भनाई छ ।