अध्यक्ष केसीद्वारा जन्मदिनमा आश्रमलाई आधा लाख सहयोग

सुर्खेत । सिम्ता गाउँपालिका सुर्खेतका अध्यक्ष कविन्द्रकुमार केसिले आफ्नो पचासौँ जन्मदिनको अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई सहयोग गर्नु भएको छ ।

प्रत्येक वर्ष आफ्नो जन्मदिनमा मानसेवा आश्रमलाई सहयोग गर्दै आउनु भएका अध्यक्ष केसीले यस पटक पनि ५० हजार रुपैयाँ र खाद्यन्न सहयोग गर्नुभएको हो ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष एवं मानवसेवा आश्रम अभिभावक परिवारका संयोजक लोक प्रसाद चालिसेलाई गाउँपालिका अध्यक्ष केसीले सहयोग हस्तान्तरण गर्नुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष केसीले मानव सेवा आश्रमले विभिन्न हिसावले सडकमा दुःख पाइरहेका नागरिकहरुलाई एकै स्थानमा राखी स्वास्थ्य उपचार देखी शिक्षासमेत प्रदान गरेकोमा प्रशंसा समेत गर्नुभयो ।

हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ नेवारेमा रहको मानव सेवा आश्रममा २४ जना महिला र ४९ जना पुरुष गरी जम्मा ७३ जना छन् ।