कोशीमा थपिए ४ मन्त्री र २ राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गर्नु भएको छ । मुख्यमन्त्री नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गर्नु भएको हो ।

शुक्रबार उहाँले चार मन्त्री र दुई राज्यमन्त्री थप्नु भयो । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बन्नु भयो ।

सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बन्नुभयो । कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त हुनुभयो । उहाँहरु दुवै कांग्रेसका हुनुहुन्छ ।

वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री हुनुहुन्छ ।

६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।