१९ मंसिर, काठमाण्डौं । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएको छ ।
सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराउनु भएको हो ।
मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित हुनु भएको थियो ।
अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद हुनु भएका मनाङे प्रदेशका मन्त्री पनि हुनुहुन्छ ।
खबर बजार । १९ मंसिर २०७९, सोमबार १८:३०