काठमाडौं । आज एक सय बाह्रौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । नारी मुक्तिको लागि आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिएको हो ।
नेपालमा पनि श्रमिक महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।
दिवसको अवसरमा आज सरकाले सार्वजनिक बिदा समेत दिएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न पार्टीका प्रमुखलगायतले शुभकामना सन्देश व्यक्त गरेका छन् ।
स्केचः एबिसी नेपाल
खबर बजार । २४ फाल्गुन २०७८, मंगलवार ०६:१६