कास्की । मानवअधिकार एलाइन्सकाे अध्यक्षमा मीन बहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । पाेखरामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशकाे कालिकोट जिल्ला निवासी शाही सर्वसम्मत चयन हुनुभएको हो ।
अध्यक्ष शाही कर्णालीलाई आधार बनाएर सञ्चालित किर्डाक नेपालको संस्थापक तथा अध्यक्ष समेत हुनुहुन्छ । उहाँ यसअघिको राष्ट्रिय योजना आयोगमा सदस्यको रुपमा रहनुभएको थियो ।
शाहीको अध्यक्षतामा बनेकाे एलाइन्सको उपाध्यक्षहरुमा डाक्टर पदमा प्रसाद खतिवडा, लाल बहादुर ओली, सुमत्रा शर्मा, देबेन्द्र विश्वकर्मा र देवा पुन चयन हुनुभएको छ ।
यसैगरी महासचिवमा विदुर सुवेदी, उपमहासचिवमा तृलाेत्तम पाैड्ल, सचिव शाेभारा डाँगी चयन हुनुभएको छ । कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यहरु टिकाराम आचार्य, सपना परियार, पुर्ण रावल, झक्क प्रसाद शर्मा, माेतिराम बि.क. र कालिबहादुर थापा चयन हुनुभएको छ ।
खबर बजार । २४ फाल्गुन २०७८, मंगलवार १५:००