मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

आज र भोली, मनाइदै होली

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ ।

सांकेतिक तस्बिर

Dailekhi urja

होली अर्थात् फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि भव्यताका साथ मनाइन्छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

nepalgunj