

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले आज देखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिनुभयो ।
यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

खबर बजार । ९ चैत्र २०७८, बुधबार १५:०४