शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु

काठमाडौं । शिक्षक सेवा आयोगले स्थायी शिक्षक भर्नाको लागि आजदेखि परीक्षा सुरु गरेको छ । सत्र हजार २ सयभन्दा बढी स्थायी शिक्षकका लागि परीक्षा आजदेखि सुरु भएको हो ।

नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । आज पहिलो दिन माध्यमिक तहका शिक्षकको परीक्षा सुरु भएको छ ।

चैत १७ गते निम्न माध्यमिक तहको, १९ गते प्राथमिक तहको र २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ । शिक्षक सेवा आयोगले माविमा १ हजार ५४७, निमाविमा २ हजार ५९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो ।

माविमा मात्रै ३५ हजार ५५६ जनाको आवेदन परेको थियो । परीक्षामा ४० प्रतिशत अंक प्राप्त गरेमा पास भइन्छ ।