

काठमाडौँ । नेपाली काँग्रेस नेतृत्त्वको सत्ताधारी गठबन्धन (पाँच दल) ले मंसिर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)लाई पत्तासाफ गर्ने ध्वाँस दिइरहेका बेला उनै दलबाट एमाले प्रवेशको लहर नै चलेको छ ।
खासगरी सत्ताधारी गठबन्धनकै दलबाट विभिन्न महत्त्वपूर्ण जिम्मेवारी त्यागेर एमालेमा नेताहरुले आफ्नो समूहसहित आफूलाई एमालेकरण गरेका हुन् ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले घेराबन्दी र अफवाहका बावजुद नेकपा (एमाले) प्रति विश्वास नघटेको बरु बढेको बताउनुभएको छ ।
एमाले प्रवेश गर्ने नेताहरुमध्ये केहि उल्लेख्य भन्दै विभिन्न ४९ जना नेताहरुको नाम उहाँले सार्वजनिक गर्नुभएको छ । ती नामहरु यस प्रकार छन् ।
१. उमाशंकर अरगरिया, पूर्वमन्त्री तथा जसपा नेता, धनुषा
२. छक्कबहादुर लामा, पूर्वसांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य, हुम्ला
३. प्रकाश पाख्रिन, पूर्वसभासद् तथा केन्द्रीय सदस्य, नेकपा (एस), सर्लाही
४. सन्तोष यादव, पूर्वउपभापति, नेपाली कांग्रेस, धनुषा
५. नन्दसिंह बुढा, पूर्वमन्त्री तथा नेकपा (एस) जिल्ला अध्यक्ष, डोल्पा
६. पूर्णबहादुर गुरुङ, तरुण दलका नेता, तनहुँ
७. अमृता अग्रहरी, पूर्वसांसद तथा जसपा केन्द्रीय सदस्य, कपिलवस्तु
८. मधुसूदन चौधरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
९. भगवान दास चौधरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१०. सन्तराम अग्रहरी, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
११. राजमति यादव, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१२. जामवन्ती भुज, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१३. सरस्वती चम्कटिया, लोसपा केन्द्रीय सदस्य, कपिलवस्तु
१४. कैलाश अग्रहरि, लोसपा, जिल्ला अध्यक्ष, कपिलवस्तु
१५. तेजकुमार घिमिरे, लुम्बिनी प्रदेश कमिटी सदस्य, रुपन्देही
१६. थानेश्वर भण्डारी, जसपा भारत प्रवास संगठन दिल्लीका वरिष्ठ उपाध्यक्ष, रुपन्देही
१७. हरिमाया थापा, राष्ट्रिय जनमुक्ति पार्टी नेतृ, रुपन्देही
१८. सरोज डंगोल, केन्द्रीय सदस्य, माओवादी केन्द्र, ललितपुर
१९. बाबुराजा बज्राचार्य, माओवादी नेता तथा स्थानीय निर्वाचनमा उपमेयरका प्रत्याशी, ललितपुर
२०. आमिर साखः, ललितपुर महानगर कमिटीका उपाध्यक्ष, माओवादी केन्द्र
२१. रामहरी बजगाईँ, माओवादीका केन्द्रीय सहकारी विभाग सदस्य तथा जिल्ला बचत संघ अध्यक्ष, ललितपुर
२२. सुनिल झा (रोहित), लोसपा केन्द्रीय कार्यसमिति सदस्य
२३. देवेन्द्रकुमार यादव, तत्कालीन राजपाका महासचिव
२४. सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य तथा नेकपा एसका बारा जिल्ला
२५. सीता गुरुङ, प्रदेशसभा सदस्य तथा नेकपा (एस) केन्द्रीय सदस्य
२६. मनिला विष्ट, एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य
२७. केशव राय चौधरी, रौतहटको गुजरा नगरपालिकाको मेयरका प्रत्यासी तथा एसका नेता
२८. सुनील झा, लोसपा केन्द्रीय सदस्य, धनुषा
२९. खोभारी राय, पूर्वमन्त्री तथा जसपा नेता, सर्लाही
३०. यमबहादुर परियार, केन्द्रीय सदस्य तथा चितवन इन्चार्ज, माओवादी केन्द्र
३१. रामसेवक यादव, नेता, नेपाली कांग्रेस, सुनसरी
३२. डा. रिना यादव, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य
३३. डा. अञ्जुकुमारी यादव, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य, पर्सा
३४. रुही नाज, सांसद तथा जसपा केन्द्रीय सदस्य, सर्लाही
३५. प्रल्हाद गिरी, प्रदेशसभा सदस्य तथा जसपा केन्द्रीय सदस्य, पर्सा
३६. तिलक श्रीपाइली, जसपा केन्द्रीय सदस्य, सल्यान
३७. सर्वेन्द्र खनाल, पूर्वप्रहरी महानिरीक्षक, काठमाडौँ
३८. रविकिरण खनाल, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव
३९. अब्दुस मिया, विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ
४०. होरिलाल चौधरी, केन्द्रीय सदस्य, जसपा, कैलाली
४१. धीरजकुमार शाही, केन्द्रीय सदस्य, राप्रपा नेपाल, दैलेख
४२. नवीनकुमार शाही, जिल्ला अध्यक्ष, राप्रपा नेपाल, दैलेख
४३. डा. बालकृष्ण चापागाई, एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अर्थ विभाग उपप्रमुख, रुपन्देही
४४. राजेन्द्रवीर राय, केन्द्रीय उपाध्यक्ष, राप्रपा नेपाल, सल्यान
४५. विक्रम शाही, प्रदेश कमिटी अध्यक्ष, नेकपा (एस), कञ्चनपुर
४६. तारा लामा तामाङ, पूर्वमन्त्री तथा नेता, एकीकृत समाजवादी, कञ्चनपुर
४७. कुलवीर चौधरी, मन्त्री तथा नेता, नेकपा (एस), कञ्चनपुर
४८. अशोक चन्द, निवर्तमान मेयर, बेदकोट, कञ्चनपुर
४९. गणेशबहादुर शाही, निवर्तमान मेयर तथा एस नेता, डोल्पा
प्रचार विभाग उपप्रमुख रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘हालैका दिनमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले) मा प्रवेश गर्नुहुने यी महत्वपूर्ण नेता–कार्यकर्ता हेर्दा पनि चुनावमा कसको माहौल आउँदैछ भन्ने स्पष्ट हुन्छ ।’
‘एक महिनामा भएका यी महत्वपूर्ण पार्टी प्रवेशसँगै नेकपा (एमाले) थप शक्तिशाली बनेको छ ।’ रिजालले लेख्नुभएको छ, ‘जनताका बीचमा जनमतसंग्रहका रुपमा हुन लागेको आसन्न निर्वाचनमा सत्ताधारी गठबन्धनलाई पराजित गर्नका लागि नेकपा (एमाले) को अभियानमा जोडिनुहुने सबैलाई हार्दिक स्वागत तथा बधाई ! यो क्रम निरन्तर जारी छ ।’

खबर बजार । २१ आश्विन २०७९, शुक्रबार १०:४१