उडान नियमित नहुँदा दैनिक उपभोग्य सामग्रीे अभाव

हुम्ला । सडक यातायात नजोडिएको उत्तरी हुम्लामा दैनिक उपभोग्य सामग्री र बिकास निर्माणका सामानको अभाब भएको छ । नीजि एयरलाईन्सहरु काठमाडौं फर्किदा हुम्लामा नियमित उडान हुन छोडेपछि सामग्रीको अभाब भएको हो ।


उपभोक्ता नरेन्द्र भण्डारीले केही दिनयता तरकारी र माछा मासु पाउनै छाडेको बताउनुुभयो । त्यसैगरी बिकास निर्माणका सामग्री पनि अभाब देखिएको छ । हवाई मार्गबाट ढुवानी भएर आउने सामग्रीको भरमा जिबीका चल्दैआएकोमा हाल उडान कम भएपछि सामग्री पाउन छाडेको उहाँले बताउनुुभयो ।

जहाजले उडान भर्न कम गरेपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको ढुवानी अनुुदानको खाद्यन्न पनि ढुवानी हुन छोडेको छ । ढुवानी कार्य बन्द भएपनि निर्वाचनको समयमा जिल्लामा खाद्यन्न समस्या हुने देखिएको हो ।

लिमिटेडको हुम्ला शाखाको गोदाममा खाद्यन्न मौज्दात न्यून भएको कारण ढुवानी जिम्मा पाएका एयरलाईन्सलाई शाखाले ताकेता गरिएको जनाएको छ ।