कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनु भएको छ । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने उहाँको तयारी छ ।

सत्ता गठबन्धनमा भएको भागबन्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । तर मुख्यमन्त्री शर्मा सरकार छाड्न तयार हुनु भएको थिएन । प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र राजीनामा दिने मुख्यमन्त्री शर्माको अडान थियो ।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत एमालेलाई नेतृत्व हस्तान्तरण गर्न निर्देशन दिए पछि शर्मा राजीनामा दिन तयार हुनु भएको हो ।

प्रदेश सभाको बैठक अहिले ३ बजे बोलाइए पनि केहि बेरमा सुरु हुने छ । यो बैठकबाट विश्वासको मत लिने मुख्यमन्त्री शर्माको तयारी थियो । अब उहाँले राजीनामा दिने तयारी गर्नु भएको छ ।