

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा व्यापारीहरुको दुई वटा समूहले छुट्टा छुट्टै उम्मेदवारी घोषणा गरेका छन् । संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको नेतृत्वमा प्यानल घोषणा गरिएको हो ।
निर्वाचन कार्यतालिका अनुसार आज दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन् । कँडेलको संयुक्त व्यवसायीको प्यानलको वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उप– महासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा राजेन्द्रबहादुर शाही र सहकोषाध्यक्षमा भीमप्रसाद पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।
महासचिव कंडेलको टिमबाट सदस्यहरुमा खुलातर्फ रमेश बराल, दिपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल (विन्द्र जैशी), बालकृष्ण हमाल चालिसे, सागर भुषाल, टेकबहादुर थापा, सुरज थापा, विर्ख बडुवाल, गणेश खड्का, लक्ष्मी कार्की, महिला सदस्यमा लक्ष्मीकुमारी शर्मा तिवारी, हिमकुमारी उपाध्याय, एशोसियट सदस्यमा मिलन पन्त र आरक्षित सदस्यमा ज्ञानेन्द्र वि.क.ले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्ष खड्काको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा गणेश बहादुर बस्नेत, बाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावत, उद्योग उपाध्यक्षमा सिंहराज बम, महिला उपाध्यक्षमा कृष्णा कुमारी थापा, महासचिवमा रामप्रसाद जैसी (राजु), उप–महासचिवमा पूर्णदेव अधिकारी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे, सह–कोषाध्यक्षमा सूर्य केसी (बमु) ले उम्मेद्वारी दर्ता गराएका छन् ।

खबर बजार । २८ चैत्र २०७८, सोमबार १८:१०