सुर्खेत वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया जारी छ । आज बिहान करिब ९ः४० बजेदेखि मतदान शुरू भएको हो । मतदान वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सिटी हलमा शुरू भएको छ ।


एकै पटक २० जनाले मतदान गर्नेगरी मतदान स्थलमा बुथ बनाइएको निर्वाचन समितिका नन्दबहादुर भण्डारीले जानकारी दिनुभयो । निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन १५ जनाको जनशक्ति खटिएको छ ।

संघको १३ औं कार्यसमितिका लागि संघको नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष हर्ष विक्रम खड्का चुनावी मैदानमा छन् ।

संघको नयाँ नेतृत्वका लागि २०५८ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।