सुर्खेत । तुवाँलोका कारण चार दिनदेखी सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावित भएको छ । नीजि वायु सेवा कम्पनी बुद्ध एयरले उडान भर्दै आएको काठमाडौं–सुर्खेत, सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावितहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको हो ।
भिएफआर उडान हुने सुर्खेत विमानस्थलमा भिजिविलिटी नपुग्दा बुद्धको हवाई सेवा प्रभावित भएको पुष्टी सुर्खेत विमानस्थलका प्रमुख देवेद्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
सुर्खेत विमानस्थलमा विमानहरु ल्याड हुन पाँच किलोमिटर भिजिविलिटी आवश्यक पर्छ । विमानस्थलको उत्तरतर्फ अग्ला पहाड र दक्षिणतर्फ पनि पहाडका कारण ल्याण्ड हुने क्रममा सफा मौसम नदेखिँदा उडान प्रभावित बनेको पाण्डेले बताउँनुभयो ।
विमानस्थलमा आइएफआर उडानको सुविधा नहुँदा १९ र ४२ सिट क्षमताको जहाज उडान र अवतरणमा समस्या भएको पाण्डेले उल्लेख गर्नुभ यो ।
तुवाँलोका कारण सुर्खेत–काठमाडौं सिँधा हवाई सेवा प्रभावित भएपनि नेपाली सेनाको पश्चिम एयरवेशले आकस्मिक उद्दारका कामहरु गर्दै आएको विमानस्थलले जनाएको छ । कर्णालीका हिमाली जिल्लाहरुमा उडान भर्ने जहाजहरु पूर्वी नेपाल लागेपछि हाल दैनिक वुद्ध एयरले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत नियमित उडान भर्दै आएको थियो ।
खबर बजार । १६ बैशाख २०७९, शुक्रबार १७:५१