सुर्खेत । सुर्खेतमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । मनसुन समयमा हुने बाढी र डुबान जस्ता बिपदहरुमा कसरी सुरक्षित रहने साथै विपद् मा परेका नागरिकको उद्दार कसरी गर्ने रु यसैका लागि आज भेरीगंगा ११ र लेकबेसी नगरपालिका १ को सिमानामा पर्ने चिप्लेमा कृत्रिम घटना अभ्यास गरिएको छ । बाढी र डुबान हुदा स्थानियहरुले कसरी उद्दार र सुरक्षित रहन सक्छन भनेर विभिन्न बिधिहरुबाट अभ्यास गरिएको हो ।
उक्त घटना अभ्यास कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल नं। ३२ गण रक्तकालीका साथै यस जिल्लामा क्रियाशिल विभिन्न क्षेत्रगत उपसमितिका अगुवा कार्यालयरसंघरसंस्थाहरुले वाढिबाट प्रभावित भई विपद्मा परेका नागरिकहरुलाई के(कसरी खोज उद्धार, राहत तथा पुनर्लाभका कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा कृत्रिम घटना अभ्यास प्रस्तुत गरेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरुबाट खोज उद्धारको विपद्कला प्रदर्शन गर्नुका साथै नेपाल रेडक्रस सोसाइटी लगायत अन्य संघ संस्थाहरुबाट प्राथमिक उपचारका साथै स्वास्थ्य सम्बन्धी उपचार कार्यको अभ्यास गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनालका साथै लेकबेशी नगरपालिकाका उपप्रमुख विमला खड्लुक लगायत विभिन्न सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो।
जिल्ला प्रशासन कार्यालय जिल्ला विपद् व्यवस्थापन समिती, सुर्खेतको आयोजना र सुर्खेतमा विपद् व्यवस्थापनमा काम गरेका विभिन्न संघ संस्थाको समन्वयमा कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको थियो ।
"
खबर बजार । २९ जेष्ठ २०७९, आईतवार १९:२७