राष्ट्रपतिले सङ्घीय संसदलाई सम्बोधन गर्दै, अधिवेशन अन्त्यसमेत आजै हुने 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ ।

मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । बैठकमा सबै सदस्यलाई उपस्थितिका लागि आह्वान गरिएको छ ।

संघीय संसदको चालू अधिवेशन आज रातिदेखि अन्त्य हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज रातिबाट लागू हुने गरी दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ ।

फागुन २१ बाट निर्वाचित प्रतिनिधिसभाको यही चैत १९ बाट अधिवेशन सुरू भएको थियो । अब सरकार बजेट अधिवेशनको तयारीमा लाग्नेछ ।