मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

बालुवाटार जग्गा प्रकरण: तीन सय बढीलाई पक्राउ पुर्जी

१ मिनेट पढाइ

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न विशेष अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जग्गा प्रकरणमा दोषी पाइएकाहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति पाएको जनाएको छ ।

सीआईबीका प्रवक्ता श्यामकुमार महतोले धेरैजना भएकाले एकैपटक पक्राउ गर्न असम्भव हुने भएकाले मुछिएकाहरूलाई क्रमश: पक्राउ गर्दै जाने बताउनुभयो ।

ललिता निवास प्रकरणमा दोषी पाइएकालाई किर्तेमा मुद्दा चलाउन प्रक्रिया अघि बढाइसकिएको महतोले बताउनुभयो ।

‘हाइ-प्रोफाइल’ नेता तथा पूर्वकर्मचारी यसमा सामेल भएका पाइएको छ ।