बढ्दै कोरोना संक्रमित, थप ९ सय ४४ जनामा संक्रमण

काठमाडौँ । मुलुकभर थप ९ सय ४४ जना कोरोना भाइरस (कोभिड १९) को संक्रमीत थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ६२ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २ सय ४८ जनाको जनाको पोजेटिभ संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ४० पुगेको छ ।

आइसीयूमा ८१ जना भेन्टीलेटरमा १४ जना संक्रमित उपचाररत छन् ।