मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २९ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

केही ठाउँमा मौसम बदली हुँदै, भोलि असिना र हिमपात सम्मको सम्भावना

१ मिनेट पढाइ
१साझा

kuse inside

काठमाडौं । आज हिमाली तथा पहाडी भेगका एक, दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भेगका साथै कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराईमा मौसम मुख्यतया सफा रहे पनि अरु ठाउँमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि धेरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

Dailekhi urja

भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

यस्तै कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि धेरै ठाउँमा पानी पर्ने भएकाले धान तथा पराल बेलैमा थन्क्याउन मौसमविदको सुझाव छ ।

nepalgunj