f वीरेन्द्रनगरमा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते

वीरेन्द्रनगरमा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते

सुर्खेत। जिल्लाको वीरेन्द्रनगरमा मोटरसाइकल एक आपसमा ठोकिँदा दुई जना घाइते भएका छन्। वीरेन्द्रनगर नगरपालिका–१० घुस्राबाट तिनकुनेतर्फ आउँदै गरेको मोटरसाइकल र बजारबाट एयरपोर्टतर्फ जाँदै गरेको मोटरसाइक एकआपसमा ठोक्किएका हुन्।

प्रहरीकाअनुसार मोटरसाइक एकआपसमा ठोकिँदा कर्णाली प्रदेश ०२००१ प ७६८० नम्बरबको मोटरसाइकल चालक सुसिल गिरी र भे ४ प १३७२ नम्बरको मोटरसाइकल चालक मानबहादुर आले घाइते भएका छन्।

गिरीको दाईने हात र ढाँडमा चोट लागेको छ भने उनि वेहोस अवस्थामा रहेकोले कर्णाली केयर सुर्खेतमा उपचार भईरहेको छ। यस्तै, ठक्करबाट आलेको कुहिना र ढाँडमा चोट लागेको र देउती नर्सिङ होममा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ ।